• २०८१ पुष २९ गते सोमवार

आईसोलेसनमै पुगेर मेयर राणाद्धारा स्वास्थ्यलाभको कामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३१, बाँके । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कोरोना संक्रमण भई आईसोलेसनमा उपचारमा रहेकाहरुलाई प्रत्यक्ष भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको छ । आईसोलेसनमा उपचाररत ब्यक्तिहरुको मनोबल उच्च बनाउन र उनीहरुलाई स्वास्थ्यलाभको कामना गर्न उहाँ आईसोलेसनमा पुग्नुभएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहित आईसोलेसनमा पुग्नुभएकोले नगर आईसोलेसनमा बसिरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै उनीहरुको खाने बस्ने ब्यवस्था तथा सेवा सुविधा बारे जानकारी लिनुभयो । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सञ्चालित आईसोलेसनमा नगर प्रमुख राणालाई उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, बरिष्ठ गायक तथा सञ्चारकर्मी कमल विके निर्मोही लगायतले आफुहरुको ब्यवस्थापन राम्रो भएको बताउनुभयो ।

सिटी प्यालेसमा सञ्चालित आईसोलेसनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसी लगायतसँग नगर प्रमुख राणाले छलफल गर्नुभयो । नगरप्रमुख राणा सहितको टोलीले शनिबार नै गनापुर खुल्ला कारागार र नेपालगञ्जस्थित एनआईडिसी तथा डेन्टल अस्पतालमा सञ्चालन गरिएको आईसोलेसनमा बस्दै आउनुभएकासँग प्रत्यक्ष भेट गरि स्वास्थ्यलाभको कामना गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले संक्रमित ब्यक्तिहरुसँग टोलीले भौतिक दुरी कायम राख्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी छलफल गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस