श्रावण ३१, काठमाडौँ । थप ४६८जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् ।
यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११र११ जनामा संक्रमण पुष्टि भएको छ ।
काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९र९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५र५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३र३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २र२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकरएक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज १२४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार २ सय एक जना रहेको छ भने मृत्यु हुनेको संख्या १०२ जना पुगेको छ ।