श्रावण ३१ , सिन्धुली । बागमती तालिम केन्द्र सिन्धुली दुधौलीका बरिस्ठ प्रहरी उपरीक्षक सन्दिप भण्डारीद्वारा स्टाफ महिला प्रहरी कर्मचारीहरु र तालिम केन्द्रमा संचालन भएको प्रहरी जवान आधारभूत तालिम ६-२०० औं समूहमा तालिम सम्पन्न गरी मिति २०७७-०४-११ गते देखि संचालन भएको भिड नियन्त्रण तालिम समापन पश्चात कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लागेका सम्पूर्ण महिला प्रहरी कर्मचारीहरुलाई प्र-स-नि। सरला ढकालको सहजीकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा बरिस्ठ प्रहरी उपरीक्षक भण्डारीले हाल विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै “Prevention is better than cure” भन्ने भनाईलाई आत्मसाथ गर्दै आ-आफ्नो कार्यक्षेत्रमा विशेष सजकता अपनाई आफू बचेर अरुलाई समेत बचाउने कार्यमा विशेष जोड दिंदै कार्यक्षेत्रमा रहँदा बस्दा आफू उच्च अनुशासनमा रहन निर्देशन दिंदै नेपाल प्रहरीको लैङ्गिक नीति, २०६९ ले सम्पूर्ण महिला प्रहरी कर्मचारीहरुका लागि कामकाज गर्न महिला मैत्री वातावरण बनाउन सहयोग गरेको कुरा समेत स्मरण गराउनु भयो।
साथै अन्तरक्रिया कार्यक्रममा सहभागी भएका स्टाफ एवं कार्यक्षेत्र जान लागेका महिला प्रहरी कर्मचारीहरुले समादेशक प्र-व-उ सन्दिप भण्डारीद्वारा यस केन्द्रमा रहदा बस्दाको Team work आर्थिक, भौतिक, तनाव एवं स्वास्थ्य लगायतका क्षेत्रहरुको व्यवस्थापन कार्य पूर्ण नवीनताका साथ सम्पन्न भएका र हुने क्रममा रहेका श्रृजनशिल कार्यहरुको उच्च प्रशंसा गरी त्यस्ता कार्यहरुबाट आफूहरु अत्यन्तै लाभान्वित भएको स्मरण गराउँदै हालको व्यवस्थापन प्रक्रियाले यस तालिम केन्द्रको पारदर्शी भर्ना छनौट एवं तालिमको गुणस्तरीयतामामहत्वपूर्ण भुमिका खेलेको उल्लेख गरेका थिए ।