• २०८२ बैशाख ४ गते बिहिवार

सिन्धुपाल्चोक जुगल गाउँपालिका को लिदी पहिरोमा : १६ जनाको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ३१ , सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव फेला परेको छ । उनीहरूको सनाखत समेत भइसकेको छ ।

पहिरोमा परेर जुगल गाउँपालिका २ का ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय तिजे झाँक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया सानो कान्छी भन्ने दावा लामु दोङ, ५ वर्षीया प्रिती दोङ, पाँच महिनाकी बालिका तारालामु दोङ, ३४ वर्षीया धनमाया तामाङ, चार महिनाका बालक रेमिश दोङको सनाखत भएको छ ।

यस्तै १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षका मेकमाई दोङ, ११ वर्षकी मेकमाई दोङ, ७ वर्षिया बिमला दोङ, सात महिनाका बालका कबिर दोङको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

लिदी लामागाउँमा गएको पहिरोमा ३७ घर पुरिएको थियो । ४० जना बेपत्ता थिए । तीमध्ये १६ जनाको शव भेटिएको हो । शव सनाखत गरेर कानूनी प्रक्रिया पूरा गरेपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ । पहिरोमा बेपत्ताको खोजि जारी छ ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका को लिदी पहिरोमा : १६जनाको शव फेला

प्रतिक्रिया दिनुहोस