साउन ३१,काठमाडौँ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी भारतीय समकक्षी मोदीलाई शुभकामना दिएका हुन ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोनमा संवाद भएको छ ।
प्रधानमन्त्री ओली र मोदीबीच शनिबार करिब १० मिनेट टेलिफोनमा कुराकानी भएको र उक्त कुराकानीबारे परराष्ट्र मन्त्रालयले जानकारी गराउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।