साउन ३१, काठमाडौँ । शाहबंशीय राजाहरुले टुक्रा टुक्रा भएको नेपाली भुभागलाई कम्सेकम आफ्नो बल बुतोले भ्याएसम्म एकीकरण गरे । निरंकुश शासन ब्यबस्था भएपनि रास्टृयताको मामलामा दरो अडान लिई राणाहरु अझ जङबहादुरले आफ्नो गुमेको भूमी बाके, बर्दिया, कैलाली र कंन्चनपुर फिर्ता लिन सफल भए । यस्तै सातसालपछिको प्रजातन्त्र त्यहिपनि एकातिर राजा, अर्कोतिर राणा अनि उता छिमेकी भारतीयको दादागिरीको वावजुद तत्कालिन समयका नेपाली राजनीतिक फांटमा उदाएका केही दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले राजासंग मिलेर राणा बिरुद्दको आन्दोलन गरी प्रजातन्त्र त ल्याए तर सर्प , बिच्छी र भ्यागुतोमा कुन बलियो भन्नेमा नै दुबिधा भई सातसालदेखि सत्रसालसम्मको दसकलाई राजनीतिक अस्त ब्यस्तताको दसककोरुपमा चिनियो । तत्पश्चात राजा महेन्द्रले पंच्यायतका जननी भनेर चिनिने पूर्ब प्रधानमन्त्री स्व. डा तुलसी गिरीको सहयोगमा एकदलीय पंच्यायती ब्यबस्था लागू गरे । देसको प्रशासनिक विभाजन भयो ।
प्रशासनिक काम कारवाहीमा सजिलो होस भनि देसलाई ५ बिकास क्षेत्र, १४ अंचल र ७५ जिल्लामा विभाजन गरियो । विभिन्न देससँग कुट्नीतिक तथा दौत्य संबन्ध स्थापना भयो । मानिस मानिसमा हत्या हिंसाको कुरा त परै जावस पल्ला गांउमा कुकुर मर्यो रे भन्दा पनि आश्चर्य लाग्दथ्यो किन र कसरी भनी ! गाउँघरमा न्याय मूर्तीकोरुपमा पंच भलाद्मी पिपलको चौतारीमा बसी कसुरदारहरुलाई तामाको पैसा छुन लगाई न्यायलाई धार्मिक आस्थासँग जोडिन्थ्यो न कि अहिलेजस्तो नगदनारायणमा लिप्त हुन सकुन ! अहिलेजस्तो बग्रेल्ती नेताको सुबिधालाई ध्यान दिनु पर्दैन्थ्यो , मात्र एक राजपरिवारलाई हेरविचार गरे पुग्थ्यो तर पंचेहरुले देस लुटेको राजाले पत्तै नपाएको कारणले नै सबै दलहरु मिलि ४७ सालको परिवर्तन ल्याउन सफल भए । तैपनि भारतलगाएत अन्य देससँगको सम्बन्धको विषयलाई मूल्यांकन गर्ने हो भने राजा महेन्द्रको रास्ट्रबाद र राजा वीरेन्द्रको अन्तररास्टृय कूटनीतिक सम्बन्धलाई भने बिर्सिनु हुंदैन । ४७ साल पश्चात दलहरु सत्ताको लुछाचुडीमा अल्झिए । कांग्रेस सरकारमा हुँदा केही जनहितका काम भएपनि पार्टीको आन्तरिक द्वन्दले खासै उपलब्धिमुलक कार्य भएन जति मनमोहन सरकारको नौ महिने शासनकालमा भएको थियो र त जनताले कम्युनिस्टले जनता र देस बिकासमा त्याग र बलिदान दिन सक्छन भनेर नै बढी चासो र जिज्ञासाकासाथ सत्तामा पुर्याउने कोशिस गर्दै गर्दा माओवादी जनयुद्दमा पनि साथ दिए र ६२/६३ को आन्दोलमा सबै दल मिलि राजतन्त्र समाप्त गर्न सफल भए र देसमा गणतन्त्र आयो ।
देसले नँया संविधान २०७२ पायो । यस्ता कागजी संविधान देसले कयौंपटक पायो , कयौंपटक शासन ब्यब्स्था परिवर्तन भयो तर जनताको जीवनस्तरमा कहिलै परिवर्तनका रेखाहरु कोरिएको महशुस भएन । र त नेपाली जनताले पटक पटक विभिन्न दलहरुलाई सत्तामा पुर्याउंदा पनि परिवर्तन आयो केवल ती विशेष विशेष नेताहरु र तीनका परिवारलाई न कि देस र नेपाली जनतालाई ! यसरी पटक पटक सत्तामा जाने पार्टीहरुले पनि देसमा भएका उध्योग धन्दा, कलकारखानाहरु नीजीकरण गर्ने नाममा जनताको स्वार्थमा भन्दा पनि बिचौलियामार्फत भारतको स्वार्थमा चल्दा आज कयौ मानिसहरुले रोजगारी गुमाउनुपरेको अबस्था सृजना भयो । आफ्नो भएका नदी नाला, प्राकृतिक श्रोत साधनहरु निश्चित ब्यक्ति विशेषको स्वार्थमा अल्झिएर भारतलाई सुम्पिन बाध्य भएको अबस्था र सियोदेखि मियोसम्म, सुनदेखि नुनसम्म सबै कुराहरुमा भारतको भर पर्न बाध्य पारिएको कारणले नै नेपाली जनताले परिवर्तन चाहेका थिए । विभिन्न चरणको आन्दोलनपश्चात गणतन्त्र आयो । अब राजनीतिक स्थायित्व त भयो तर आर्थिक तथा सामाजिक रुपान्तरणको लागि बिगतको जस्तै किस्ताबन्दीको अस्थायी सरकारबाट समस्या समाधान नहुने भएकोले नै नेपाली जनताले गणतन्त्रपछिको पहिलो तीनै तहको निर्वाचनमा पूर्ब एमाले र एकीकृत माओबादी पार्टी एकीकरण भई बनेको हालको नेकपालाई झन्डै दुई तिहाईको बहुमत दिई सरकारमा पुर्याए । जब नेपालमा चुनाबी प्रकृयाबाट लगभग दुई तिहाईको बहुमतसंगै कम्युनिस्ट सरकार सत्तामा पुग्यो तब विस्वका हरेक रास्ट्रहरुमा आश्चर्यको बादल र जिज्ञासाको सन्नाटा छायो ।
शुरुका दिनमा नेकपामा पार्टी एकीकरण प्रकृया र सरकार संचालनमा तदारुकताकासाथ अगाडि बढिएपनि पछिल्ला दिनहरुमा पार्टीभित्रको आन्तरिक खिचातानीले अनेक विवादहरु आउदै गर्दा पार्टीका नेताहरुमा पद, पावर र प्रतिष्टाको लोभ अनि अतीतको ब्यक्तिगत इगोले सरकार संचालनमा पनि बाधा अड्चनहरु आइरहेका छन । वर्तमान अवस्थामा दुई तिहाइको सरकार छ । देस कोरोना तथा बाढी पिडीतले आक्रान्त छ । कयौं मानिसहरुले ज्यान गुमाएको अबस्था छ । कयौं घरबारबिहीन छन ! सरकारले कोरोना नियन्त्रण र बाढी पीडितरुलाई राहतको प्याकेज त ल्याएको छ तर केही ठाउँहरुमा यस्तो संकटको घडिमा पनि कमाउने धन्दामा बिचौलियाहरु मस्त छन । तसर्थ वर्तमान अबस्थामा देस र जनताको अपेक्षा के र के दिइयो त ? के दुई कम्युनिस्ट पार्टीको मिलन भनेको टाउका टाउकामा मात्र मिलन भएजस्तो तर अन्य शरीर फाटेपनि हुने ? त्यहिपनि सदैव खिचातानीमा अब सम्भव छ त ? आम नेपाली जनता र लाखौ कार्यकर्ताको जिज्ञासा यहिनेर जोडिएकोले बिगतमा पार्टी एकता के का लागि आबश्यक थियो त ?
– राजनीतिक स्थायित्व भएकोले अब सामाजिक न्याय सहितको आर्थिक समृद्धि हाँसिल गरेर समाजवादमा छिटो पुग्न सकिन्छ भनेर एकीकरण गरिएको थियो
– कम्युनिष्ट पार्टी अब कहिल्यै विभाजित हुँदैन आर्थिक र सामाजिक क्रान्ती अझै सशक्त हुन्छ भनेर एकीकरण गरिएको थियो ।
– छ महिने र नौ महिने टिके सरकारले आशिर्बादको लगौटी भिर्नेभन्दा अरु केही काम गर्न नसकेको हुंदा स्थायित्व र बिकासको लागि पनि स्थिर सरकार आबश्यक भएकोले पार्टी एकीकरण गरिएको थियो ।
– It is said that ” Communists live a simple life, but they are high-minded. They never pursue wealth. A communist leader should always think for the people and the country, not for personal and family interests !” जनताले यहि भ्रस्टाचार मुक्त देस होस, भ्रस्टाचार मुक्त देस हुनको लागि नेता र कर्मचारीले धन सम्पतिको लोभ गर्नु हुदैन र त्यो गुण कम्युनिस्टमा हुन्छ भन्ने मान्यता राखेकाले नै पत्याउने वातावरण बनाउन पार्टी एकता भएको थियो !
तर हाल कोरोनाको कहर, बाढी पहिरो, आर्थिक मन्दी , बिदेसिएका नेपालीको ब्यबस्थापन आदि समस्याले देस ग्रस्त भइराखेको समयमा सरकार र सो निकट पार्टी नेकपा भने आन्तरिक सत्ता संघर्षको लडाइमा पौठे जोरी खोज्दै गर्दा जनताको नजरमा कत्तिको साख गिरेको र गिर्दै छ भन्ने कुराको महशुस गर्ने कि नगर्ने ? के पार्टी एकता माथी उल्लेखित जनता र देसहितको लागि नभई ब्यक्तिगत सत्ता संघर्षको लागि मात्र थियो ? यदि यसो हो भने अबको निकास के त ? हो, यहि विषयलाई मध्येनजर राख्दै हाल मात्र नेकपाका दुई अध्यक्षको पहलमा बिगतका तीता मीठा कुराहरुलाई विर्सिएर पार्टी एकतालाई मजवुत बनाउने र हालको पार्टीका आन्तरिक समस्याको समाधानको लागि छ सदस्यिय कार्यदल गठन गरेको छ तर माधबकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेस्ठको फेरीपनि बिमती हुने हो कि भन्नेमा आम कार्यकर्ता र जनता अझै सशंकित छन । तैपनि अबपनि देस, परदेस र नेपाली जनताको वर्तमान अबस्था र परिस्थितिलाई मध्येनजर राख्दै पार्टी एकता के को लागि थियो भन्ने कुरा बुझ्न सकिएन भने नेकपाको अबको बाटो ओरालो लागेको हरिणको चाल नै हो ! आशा राखौं यो कार्यदलले समस्या समाधान गर्नेछ र पार्टीको आन्तरिक समस्याको समाधान भयो भने देस र जनताको समस्याले पनि अबश्य निकास पाउने छ ।