• २०८० चैत्र १६ गते शुक्रवार

चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१,काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्नेभएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसीआर परीक्षण गर्न लागेको जानकारी दिए । “नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पिसीआर परीक्षण गर्न लागेका हौँ”, उनले भने ।


नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पिसिआर परिक्षण गर्न लागिएको हो । नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो ।सङ्क्रमितको उपचारका लागि नगरपालिका–१ दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस