• २०८१ पुष २८ गते आइतवार

सीमा नाकामा बसेर रकम असुलेको आरोपमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१,कैलाली । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस