• २०८१ माघ ८ गते मङ्गलवार

नेकपाको  तीन नेताको पून असन्तुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१,काठमाडौँ । डेढ महिना लामो तिक्ततापूर्ण विवाद र आरोप–प्रत्यारोपपछि विवाद समाधानका लागि नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार भएको संवादमा कार्यदल बनाउने सहमति भएको हो ।संवाद टुटेको ९ दिनपछि बिहीबार सकारात्मक छलफल गरेका ओली र दाहालले कार्यदल बनाउने सहमति गरेका थिए । त्यसपछि उनीहरुबीच शुक्रबार कार्यदलमा रहने व्यक्ति र कामबारे सहमति बनेको हो ।

कार्यदल बनाउने सहमतिपूर्व आफूहरुसँग संवाद नगरेकोमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ । कार्यदलाई समय सीमा तोकिएको छैन्, जतिसक्दो चाँडो काम टुंगाउने जिम्मेवारी दिइएको छ ।कार्यदल संयोजकसमेत रहेका पौडेलले पनि कार्यदलले समस्या पहिचान गर्ने र समाधानको सुत्र पहिल्याउँदै सुझावसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने बताए ।

प्रतिक्रिया दिनुहोस