साउन ३१, काठमाडौँ । गएराति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार व्यहोरेको हो ।थोमस मुलर र फिलिप कौटिन्होले समान दुईरदुई गोल गर्दै बायर्नलाई जित दिलाए । जितसँगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्यो ।मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाती गोलसँगै बार्सिलोना खेलमा फर्किएको थियो ।
२८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २-१ ले अघि बढाएका थिए । सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । दोस्रो हाफमा बायर्न थप आक्रमक बन्यो र ८–२ को जित दिलाउन सफल भयो । बायर्नले अब फाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासँग खेल्नेछ ।