साउन ३१,बागलुङ । गएराति अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुरिएको हो । सो क्रममा उनका १४ वर्षीय छोरा विरेन्द्र विक र नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको जनाइएको छ ।
यसैगरी पहिरोमा परी विककी श्रीमती ५३ वर्षीया विलसरा विक घाइते भएकी छन् । पहिरोमा पुरिएकी उनको उद्धार गरी उपचारका लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीले जनाएको छ ।