अहिले हश्तक्षेप को बिरुद्धमा लड्नै पर्ने भयो,
सबै मिलेर देशको हितमै अब अड्नै पर्ने भयो।
छाड् जातिय क्षेत्रिय मुद्धा एकजुट भएर आउ,
साम्राज्यावादी छातिमा तिर झैँ गड्नै पर्ने भयो।
राष्ट्रीयता गणतन्त्रको लागि एउटै झण्डा लिएर,
लेफ राईट को चाल मा अगाडी बड्नै पर्ने भयो।
यो देशको दुश्मनलाई चिन्नुछ भनी देशबासी हो,
संसार भरीकै यो अग्लो चोटीमा चड्नै पर्ने भयो।
हुँदैन शान्ति सु वेबस्था यो संघितया भित्र हेर्नुश,
अब ता संघियता को बिउ पनि सड्नै पर्ने भयो।