• २०८१ जेष्ठ ३१ गते बिहिवार

संगठित अपराधमा फरार अभियुक्त पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ३१, काठमाडौ । सुन्धाराबाट अबैध सुन चाँदी तथा २ थान चाईनिज पेस्तोल छाडि फरार बा..६च.५५१९ नम्बरको स्कार्पियो गाडी सहित फरार रहेका अभियुक्तहरुको अपराध महाशाखा काठमाण्डौको टोलिले खोजतलास गर्ने क्रममा भारततर्फ भाग्दै गरेको अवस्थामा विशेष सुचनाको आधारमा २ नं.प्रदेश प्रहरी कार्यालयसंग समन्वय गरि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले बारा निजगढबाट जनकपुर तर्फ मोटरसाइकलमा बसी भाग्दै गरेको अवस्थामा ईल्ताफ हुसेन अन्सारीलाई प्रकाउ गरिएको छ ।

उसलाई अपराध महाशाखाबाट खटिएको टोलीलाई जिम्मा लगाई काठमाण्डौ ल्याई थप कानूनी कार्वाहीको लागि काठमाण्डौ परिसरमा बुझाईएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनले गाडि आफ्नो भएको र आफैले चलाएको अन्य अभियुक्तहरु सहित कमलादीबाट निस्किई भारततर्फ जाने उद्देश्यले जाने क्रममा सुन्धाराबाट निलेश सखियालाई सामन छोडी गाडि सहित फरार भएको बताएका छन । उनि घटनामा प्रयोग भएको गाडी सातदोबाटो स्थित घरमा लुकाई बारा जिल्लामा लुकिछिपि बस्दै आएकोमा सुचना प्रहरीकोमा पुगेको थाहा पाई जनकपुर तर्फ भाग्ने क्रममा बारा निजगढबाट पक्राउ परेका थिए । ।

उनले पहिला पनि बिभिन्न अपराधमा जेल सजाय भुक्तानी गरेको पाईएको प्रहरीले जनाएके छ । उनले २०६४ सालमा बलराम पटुवाको कर्तव्य मुद्धामा २०६८ मा पक्राउ पारि २६ महिना जेल सजाय भुक्तानी गरेको थिए । यस्तै २०७२ सालमा जाली नोटमा मुद्धामा पक्राउ परि ३ बर्ष जेल सजाय भुक्तानी गरेका थिए ।

श्रावण १३ को घटना पश्चात फरार भई बारा जिल्लामा लुकिछिपी बसेको उनले नै गाडी चलाएको र कमलादी बाट सामान र मानिस सहित लिई भारततर्फ जान भनि हिडेका थिए ।

प्रतिक्रिया दिनुहोस