• २०७९ मङ्सिर १७ गते शनिवार

गजल : दुश्मन भाग्नेछ देशभक्त लिडर भएपछी

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

हेरन कमिशनको ठुलो आफर भएपछी,
मन मष्तिकमै डालरको असर भएपछी।

सत्ताको मात चढ्न थाल्यो सरकारलाई,
एम सीसी देशमा ल्याउँने रहर भएपछी।

जँहा दमन हुँन्छ त्याँही त बिस्फोट पनि,
अबस्य हुँनेगर्छ बिस्तारै ओभर भएपछी।

अँगालो हाल्दै नहाल साम्राज्यवाद लाई,
एमसीसी पनि बिषालु खञ्जर भएपछी।

देश रहेपछि राजनीति पनि गरौँला हामी,
देश काँ रहन्छ सरकार बेखबर भएपछि।

कसैको केहि चल्न सक्दैन अखण्ड भए,
तर देशभक्त नागरीकको कदर भएपछि।

हिमाल पहाड तराई बलियो सदियौँ लाई,
हुँन्छ देश भित्र नेपाली मात्र थर भएपछी।

शूर्य चन्द्र अंकित झण्डा छोपौँ हामी सबै,
दुश्मन भाग्नेछ देशभक्त लिडर भएपछी।

प्रतिक्रिया दिनुहोस