असार ३१, काठमाडौं । नागरिकका सुख–दुःखमा साथ रहने संस्थाको प्रमुख भएका नाताले आम नागरिकको सेरोफेरोमा रहेर काम गर्ने । प्रहरीको जिम्मेवारी भनेको मानवीय सेवा पनि हो, यो सत्य हो।
राष्ट्र सेवाका साथै मानवीय सेवा गर्ने अवसर अन्य संस्थामा बिरलै पाइन्छ। यस संस्थाको प्रमुख भई नागरिक र राष्ट्र सेवामा जीवन समर्पण गर्न पाउँदा म खुसी छु। प्रहरी संगठनमा आयको दिनदेखि नै यस संगठनको श्रीवृद्धि कसरी गर्न सकिन्छ भन्ने एक मात्र धेय राखेर काम गर्दै आएको छु। प्रहरी निरीक्षक भएदेखि नै मेरो मनमा हुटहुटी थियो कि कसरी यो संस्थालाई सबैले विश्वास गर्ने बनाउने भन्ने । राष्ट्र र नागरिक सेवा प्रदान गर्न तथा राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न किञ्चित विचलित नभई काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिदै उहाँले प्रहरी नगरिकको सुरक्षाको लागि अहोरात्र खटिएको र प्राप्त सुविधाहरुको अधिकतम प्रयोग गरेर आगामी दिनमा पनि नेपाल प्रहरीले अझ सुन्दर सेवा दिन प्रतिवद्ध रहेको बताउनुभयो ।
सुरक्षा नै सबै भन्दा पहिलो सर्त रहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, ‘जहाँ सुरक्षित समाज हुन्छ, अनि मात्र त्यहाँ विकास एवम् आर्थिक गतिविधिका क्रियाकलाप हुन्छन् । सुरक्षाको सर्त पूरा गर्नका लागि नेपाल प्रहरी सदैव दृढ एवम् दत्तचित्त भई नागरिकसँग हातेमालो गर्दै अगाडि बढेको छ ।
नेपाल प्रहरीमा विशेषगरी राजनीतिक पहुँच भएका प्रहरीहरू अगाडि जाने, राम्रो ठाउँमा सरुवा हुने प्रवृत्ति छ। यसलाई संगठनबाटै टुंगो लगाउने जिम्मेवारी पनि शैलश सरको काँधमा छ । विगतमा आइजिपी हुनेहरूले प्रतिस्पर्धीलाई साथ लिन नसक्दा विवादित भएका थिए । अहिले शैलेश सरको नीति देखिन्छ– आफ्ना प्रतिस्पर्धीसँग मिलेर जाने र साथ सहयोग लिने। संगठनमा काम गर्ने प्रहरी अधिकृतलाई व्यक्तिगत रिस र कुण्ठाका आधारमा कारबाही गर्ने परिपाटी देखिन्छ। यसलाई अन्त्य गर्ने दायित्व पनि प्रहरी महानिरीक्षक शैलेश थापा माथि छ ।