• २०८१ जेष्ठ ३१ गते बिहिवार

लमजुङ्ग र स्याङ्गजामा अविरल वर्षाको कारण व्यापक धन जनको क्षति

खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

असार ३१, लमजुङ्ग । दैनिक अविरल वर्षा र पहिरोका कारण देसका विभिन्न भागमा भौतिक तथा मानविय क्षति भएको छ । प्रदेश नं.४ अन्तर्गत लमजुङ्ग र स्याङ्गजामा गत सोमवार र र मंङ्गलवार भएको अविरल वर्षाको कारण व्यापक धन जनको क्षति भएको छ ।

लमजुङ्गको बेशिसहर नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा गत हप्ता आएको अविरल वर्षाको कारण चार जनाको पहिरोले पुरिएर मृ’त्यु भएको समाचार छ भने गत सोमवार भएको भारी वर्षाको कारण लमजुङ्ग जिल्ला मध्यनेपाल नगरपालिका वडा नं. २ र ३ मा पर्ने सोतिपसल वजार नजिक वग्ने गोलाउँदी खोलामा वाढी आई वजार नजिक रहेका असीमुरेका घरवस्तीहरुमा व्यापक क्षति भएको छ । त्यस्तै तामाखानीमा खोलो भासिएर सो गाउँमा आवत जावत गर्ने वाटो नै अवरोध भएको छ ।

सोही गाउँको टक्सार कमेरेमा पहिरोका कारण घरै खतरामा परेकोले मानिसका वस्ती नै विस्तापित हुनुपरेको कुरा सोही वडाका वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिएका छन् । त्यस्तै खहरे खोला नजिक पराजुली टारमाथि रहेको भुसाल डिहीमा पहिरो गई करिव तीन घरमा क्षति पुगेको छ भने अहिले उक्त घरवस्तीमा मानवीय र पशुपंक्षीहरुमा क्षति नभएपनि भौतिक संरचनामा असर परेको हुनाले सो स्थानमा घर परिवार वस्नको लागि जोखिम भई वसोवासको लागि अन्यत्र सारिएको कुरा मध्यनेपाल नगरपालिका वडा नं.२ का समाजसेवी तथा नेकपा पार्टी कमिटी संयोजक विश्वनाथ भुसालबाट जानकारी प्राप्त भएको छ र उनको आप्mनै घरबस्ती पनि पहिरोको जोखिममा परी केहि दिन यता अन्यत्र वस्नुपरेको कुरा उल्लेख गरेका छन् ।

त्यस्तै रिस्ती खोलाले पनि सो उपत्यकामा रहेका उब्जाउसिल खेतियोग्य जमिन र घर टहराहरुमा व्यापक क्षति पुगेको कुरा जानकारीमा आएको छ । त्यस्तै मध्यनेपाल नगरपालिका ९ अन्तर्गत पर्ने रातमाटाका २१ घर, वडा नं.३ सुर्यपालमा ५ घर, वडा नं.३ का पराजुली टारनजिक ३ घर, वडा १ को खवास गाउँ र वडा ४ को चर्दीका १।१ घर गरी गत मङ्गलवारसम्म मध्यनेपाल नगरपालिकामा करिव १०९ घर परिवार विस्थापित भएका छन् । सवैभन्दा वढि क्षति सोहि नगरपालिकाको वडा ६ को रानीपानी, लामासोती,, भदौरे, गुम्वाबेसीका जनता विस्थापित भएको कुरा जानकारीमा आएको छ । खबर24नेपाल डटकम लाई प्राप्त जानकारी अनुसार प्रमूख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माद्धारा सोही क्षेत्रका पीडित परिवारलाई तत्कालको लागि खान र वस्नको व्यबस्था मिलाइएको र थप राहतको लागि आवश्यक प्रकृया अगाडि बढाइएको छ ।

यसरी अविरल वर्षाको कारण देसका विभिन्न भागमा बाढी पहिरोले व्यापक धन जनको क्षति भएको छ र हाललाई सो क्षति न्युनीकरण गरी जनताको जिउ धनको सुरक्षाको लागि तत्काल गर्नुपर्ने कामहरु भनेको पहिरो नियन्त्रणको लागि जालीको प्रयोग, खोला नियन्त्रणको लागि तटवन्ध नै सो समस्याको समाधान हो र यसको साथै पीडितलाई राहतस्वरुप तत्कालिन अवस्थामा गास र वासको व्यबस्था अनिवार्य गर्नुपर्ने र खोलाको बाढीको कारण खोतियोग्य जमिनमा व्यापक क्षति भएकोले तटवन्द निर्माण गरी तत्काल कुला र कुलेसा अनि अवरोध भएका सडक र सानातिना पैदल बाटोको सुधार गर्नुपर्ने कुरा स्थानिय जनप्रतिनिधिहरु वताउँछन् । अन्यथा अझै वर्षाको कारण कति धन जनको क्षति हुने हो यकिन अनुमान गर्नसक्ने अवस्था नभएको कुरा सम्बन्धित ठाउँमा वसोवास गर्ने स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस