असार ३१,काठमाडौ । विश्व यती बेला लकडाउन छ । पछिल्लो समय ठुला पर्दाका फिल्म निर्माणमा सुस्तता छाएपनि छोटा फिल्म धेरै निर्माण हुन थालेका छन् तर टिममा मात्र काम हुने नेपाली चलचित्रको छायांकन ,नयाँ चलचित्र कहिले रिलिज हुन्छ , सिनेमा हल कहिले खुल्छ कुनै टुङ्गो छैन ,सिनेमा बजार भने बन्द नै छ ।
पछिल्लो समय ठुला पर्दाका फिल्म निर्माण बन्द भएपनी छोटा फिल्म धेरै निर्माण हुन थालेका छन् । यस्तैमा मनोज गजुरेलको निर्देशन रहेको फिल्म छोटो फिल्म ‘ज्योती’ सार्वजनिक भएको छ । फिल्मले समसामाहिक बिषयवस्तु उठाएको छ । १५ मिनेट ९ सेकेन्ड समय भएको ुज्योतीु डिजिटल प्लेटफर्म युट्युवमार्फत सार्वजनिक भएको हो ।
पारिवारिक कथावस्तुलाई मिठो रुपमा प्रस्तुत गरिएको ज्याती श्रृखला शुक्रबार साँझ ७ बजे एसपी पिच्चर्सको युट्युब मार्फत सार्वजनिक गदै आइरहेका छन् । फिल्ममा रस्मी भट्ट, बाबुराम शाक्य, रचना पौडेल, प्रनिता केसी, आइसा राईलगायतको अभिनय रहेको छ भने सुमन शाक्यको छायाँकन तथा सम्पादन रहेको फिल्म लाई बुद्ध शाही निर्माण गरेकाछन ।