असार ३१, काठमाडौ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले गोप्य सुचनाको आधारमा खोज तलास गर्दै जाँदा उनीहरुलाई कैलालीको फुलबारी क्षेत्रबाट गिरफ्तार गरेको हो ।
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सेती महाकाली व्युरो ईन्चार्ज जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालीका वडा नम्बर ९ बस्ने बर्ष ४४ को निर्वाण भन्ने ओम प्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली व्युरो ईन्चार्ज जिल्ला डडेल्धुरा पर्शुराम नगरपालीका वडा न ७ घर भएकी बर्ष २७ की पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरिएको सूदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रदेश २-०३-००५ प ९५९७ नम्बरको मोटर साईकलमा कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेली स्थित सडक खण्डमा सवार भई गई रहेको अवस्थामा फेलापारी दुवै जनालाई नियन्त्रणमा लिइएको हो । पुनले बोकेको झोला भित्र लुगामा लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल थान १ र १ राउण्ड गोली समेत फेलापारी बरामद गरी आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । धामी नेता पुनकी श्रीमती हुन् । उनीहरुमाथि सोधपुछ भइरहेको उनले बताए ।