• २०८२ बैशाख ४ गते बिहिवार

उपत्यकामा आज हुने कार्यक्रम

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ३१, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रम निम्न रहेका छन ।

१.औषधी व्यावसायिहरुले विभिन्न माग राखी औषधी ब्यबस्था बिभागको कार्यालयमा धर्ना दिने ।
स्थानः औषधी ब्यबस्था बिभाग कार्यालय,बिजुली बजार ।
समयः १०ः०० बजे ।

२.प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय कर्माचारी संगठनले विभिन्न माग राखि असार ३० गते देखि साउन २ गते सम्म कार्यालय समय भरी सदस्य-सचिव तथा प्रशासन निर्देशकको कार्यकक्ष अगाडी धर्ना दिने ।
स्थानः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमि भक्तपुर ।
समयः १०ः०० बजे देखि १७ः०० बजे सम्म ।

३.श्रमजीवीहरु,सञ्चारकर्मीहरु र पत्रकारहरुले प्रेस कान्तिपुर दैनिक बिजनेश पार्क थापाथलीमा धर्ना तथा विरोध प्रदर्शन गर्ने ।
स्थानः कान्तिपुर दैनिक बिजनेश पार्क थापाथली ।
समयः १०ः०० बजे ।

४. महिला तथा सामाजिक समितिको बैठक बस्ने ।
स्थानः संघीय संसद सचिवालय,सिंहदरबार ।
समयः ११ः०० बजे ।

५.दिगो विकास तथा सुशासन समितिको वैठक बस्ने ।
स्थानः समितिको सभाकक्ष,सिंहदरबार ।
समयः १३ः०० बजे ।

६.सिभिल महलका ब्यापारिहरूले लक डाउन अबधि भरि को भाडा मिनाह गर, पसलहरू खोल्न पाउनु पर्‍यो भन्दै प्लेकार्ड सहित शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थानः सिभिल महलको पार्किङ ।
समयः १३ः०० बजे देखि १४ः०० बजे सम्म ।

७.नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका तर्फबाट संयोजक डा। प्रकाश शरण महतले पत्रकार सम्मेलन गर्ने ।
स्थानः नेपाली कांग्रेस केन्द्रीय कार्यालय,सानेपा ललितपुर ।
समयः १५ः०० बजे ।

८.नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियु उत्पिडित राष्ट्रिय सम्पर्क कमिटीले “विश्वविद्यालय र दलित अध्ययन” कसरी भैरहेको छ रु के के तयारी हुदैछ ? कस्तो हुने पर्ने हो ? भन्ने बिषयमा विभिन्न व्यक्तिहरू संग सडक बहस कार्यक्रम गर्ने ।
स्थानः त्रिभुवन विश्वविद्यालय,समाजशास्त्र केन्द्रिय विभागको प्राङ्गण कीर्तिपुर ।
समयः१५ः०० बजे ।

९.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने ।
स्थानः देशभर ।
समयः नखुलेको ।

१०.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थानः देशभर ।
समयः नखुलेको ।

११.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी ० उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थानः देशभर ।
समयः नखुलेको ।

प्रतिक्रिया दिनुहोस