असार १, धनुषा । प्रदेश नम्बर २ प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आगामी आर्थिक वर्ष २०७७/०७८ को कुल ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आर्थिक वर्षको भन्दा करिब ५ अर्ब रुपैयाँले कम हो । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेटमध्ये चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ %, पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३.६७% र वित्तीयतर्फ १६ करोड अर्थात ०.४८% बजेट छुट्याइएको छ ।
बजेटको पूर्णपाठ हेर्नुहोस्ः