असार १, बाजुरा । हिमाली गाउँपालिकाका स्वास्थ्यकर्मीलाइ क्वारेन्टाइनमा रहेका केही ब्यक्तीले ढुृगां मुढा गरेर घाइते बनाएका छन् । क्वारेन्टाइनमा रहेकाहरूको आरडिटी परीक्षणामा गएका स्वास्थ्यकर्मीमाथी उल्टै ढुगांमुढा गरेको कोल्टी प्राथामीक स्वास्थ्य केन्द्रका कोभिड १९ रोकथाम तथा नियन्त्रण समिति कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका फोकल पेर्सन ओमजंग शाहीले बताएका छन् ।
हिमाली गाउँपालिका बाजुराका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भन्डारी लाइ ढुगांले हानेर घाइते बनाएको बताए । उनलाइ थप उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउन लागिएको फोकल पेर्सन शाहीले बताएका छन् । हिमाली गा.पा.बाजुराका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भन्डारी माथी क्वारेन्टिन स्थलमा आरडिटी परिक्षणको क्रममा ढुंगा प्रहार गरि घाइते बनाइएको हो । यता प्रहरीलाइ भने जानकारी नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।