• २०८१ भाद्र २४ गते सोमवार

बाँकेको सिक्टामा ट्याक्टर दुर्घटना, १ जना बेपत्ता

कृष्ण चौधरी पढ्न लाग्ने समय : १ मिनेट

असार १, बाँके । बाँकेको अगैयास्थित सिक्टा सिचाईको मुख्य बाँधबाट टयाक्टर राप्ती नदीमा दुर्घटना भएको छ । ट्याक्टरसँगै त्यसमा सवार दुईजना पनि नदीमा खसेको प्रहरीले जनाएको छ ।

ना ७ त ५१८ नम्बरको टयाक्टर बाँकेको राप्ती सोनारी ३ बाट अगैया तर्फ आउँदै गर्दा पुलको बीचभागबाट आफै उछिट्टिएर नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुबै जना नदिमा खसेपनि एकजना भने आफै पौडी खेलेर किनारामा आएको प्रहरीले जनाएको छ ।

ट्याक्टर ठोकिएर बाँधको ४ वटा रेलिङ भाँचिएको बताईएको छ । बाँधको ढोका तर्फ ट्याक्टर खसेको र पानीको सतह गहिरो भएकाले खसेकै स्थानमा टयाक्टर अड्किएको हुन सक्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुल दिप चंन्दले जानकारी दिए । बाँकेको समशेरगञ्जबाट शसस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलमा पुगेर खेजीकार्य सुरु गरेको डिएसपी चंन्दले बताए।

प्रतिक्रिया दिनुहोस