• २०८२ जेष्ठ ७ गते मङ्गलवार

कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा सोमबार थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९१ जना र सुर्खेतका १९ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणको कूल संख्या १०७७ पुगेको छ । यस्तै कर्णाली प्रदेशमा कोरोना निको हुनेको संख्या १५१ पुगेको छ। आज कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना लेकबेसी आइसोलेसन सेन्टरबाट ९ जना गरी कूल ५७ जना संक्रमित निको भएका हुन ।

प्रतिक्रिया दिनुहोस