• २०८१ साउन ८ गते मङ्गलवार

आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू-भागबाट मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका प्रभावले हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भईरहेको छ ।

महाशााखाका अनुसार सोमबार सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राती सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सबैलाई सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस