जेठ २, काठमाडाैं । दैनिक ज्यालादारी मजदुर, विपन्न वर्ग लयागत जो सँग खाना खानको समस्या छ ति सबैले खाना खान पाउने व्यवस्था सहित सञ्श्रीचालित शीतला मा.बि. बालाजु हाईट टौडोल स्थित निशुल्क़ सदभाव भोजनको कार्यक्रम बन्द गरिएको छ । बैशाख २० गते देखि सञ्चालित सदभाव भोजनको कार्यक्रम चौध दिन सञ्चालन भएकाे थियाे ।
कोरोनाको बढ़दो संक्रमणको कारण मिति २०७७ साल जेष्ठ २ गते देखी सामूहिक भोजन कार्यक्रम बन्द गरिएको छ । सामूहिक भोजन कार्यक्रममा बिभिन्न खाद्य सामाग्रीहरू सहयोग गर्नुहुने सहयोगीमनहरूलाई आयाेजकले धन्यवाद ज्ञापन गरेकाे छ । आयाेजकले विद्यालय प्राचार्य श्री सुक्रलाल श्रेष्ठ,विद्यालय व्यवस्थापन अध्यक्ष दिलीपराज वन्त लगायत अनवरत खटिरहनुभएका स्वयमसेवक बिध्यार्थी भाई बैहिनीहरु सुरक्षाकर्मीहरू सबैलाई धन्यवाद ज्ञापन गरेकाे छ ।
आयोजकहरूमा देवेन्द्र श्रेष्ठ, प्रकाश बलामी गोकुल वस्ती, राजेन्द्र भण्डारी, उपेन्द्र श्रेष्ठ, जगदीश श्रेष्ठ, बलराम बलामि, बिकास श्रेष्ठ, महेन्द्र श्रेष्ठ कबिता बस्नेत श्रेष्ठ, राममणी घिमिरे, बुद्धिमान श्रेष्ठ, सदन थापा, अर्जुन सिग्देल, अजयराज वन्त, गणेश बराल, सुमित्रा श्रेष्ठ लगायत हुनुहुन्थ्याे । यहि राज्यमन्त्री मानन्धरद्धारा मजदुरसँगै खाना मेसमा खाएका थिए ।