• २०८० असोज १७ गते बुधवार

लक डाउनको उल्लङ्घन गरी ओसार-पसार गरिएको मदिरा नियन्त्रण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, नुवाकोट । नुवाकोट प्रहरीले बिश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको नोबेल कोरोना भाईरस (कोभिड-१९) संक्रमणको बिरुद्द नेपाल सरकारद्वारा जारी भएको लकडाउन निषेद्याज्ञाको अबज्ञा गरी गुडाइरहेको बोलेरो गाडी सहित अबैध मदिरा नियन्त्रणमा लिएको छ ।

बिहानको अन्दाजी ८ बजे नुवाकोटको लिखु गाउपालिका वडा नं. ०५, थानसिङ बस्ने बर्ष ३२ को दिनेश पौडेल र बर्ष ३४ को अच्युत थापा मगरले बा। १९ च २६४५ नं।को बोलेरो गाडीमा अबैध रुपमा रु.४,०६,१४५(चार लाख छ हजार एकसय पैतालिस) बराबरको मदिरा ओसार-पसार गरीरहेको अबस्थामा चेकिङको लागी खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको उक्त गाडि र मदिरा सहित उनिहरू दुबैजनालाई आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस