जेठ २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताउनु भएको छ ।‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो । ’सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उहाँले भन्नुभयो।
सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गरिने बताउँदै वैदेशिक रोजगारमा गएकालाई समेत सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिने बताउनुभयो । उहाँले श्रम गर्न नसक्ने अपांग तथा अशक्त नागरिकलाई सामाजिक संरक्षणको व्यवस्था गरिने बताउदैं गरिवीको अन्त्य लागि सरकारले रोजगारी र आर्यआर्जनको विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि बताउनु भयो ।