• २०८१ साउन १ गते मङ्गलवार

कामनपा ३१ मा दैनिक ज्यालादारी मजदुरहरुलाई राहत वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २, काठमाडौं । विस्वमा माहामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोबिड-१९)रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारबाट जारी गरिएको लाकडाउनको करिब २ महिना पुग्न लागिसकेको छ । आज का दिन सम्ममा २५८मा संक्रमण देखिएको छ ।

लाकडाउनको कारण दैनिकी ज्याला मजदुरी गरेर आफ्नो जीवन निर्वाह गर्ने मजदुर, श्रमिक, बिप्नन बर्गका परिबार, विद्यार्थीहरुमा आफ्नो दैनिक जिबनयापन गुजारामा कठिनाई, कष्टकर, भोक भोकै बस्ने अवस्था आउन नदिन काठमाडौं छेत्र १ प्रदेश सभा ख अंतरगर्त पर्ने वडा ३१ मा राहत वितरण भएको छ । त्यही स्थानमा बसोबास गर्नुहुने युवा नेता तथा सामजसेबी अजय जङ शाहीको पहलमा युवा समाजसेबि, युवा नेता , विभिन्न पेशामा लाग्नुहुने मनकारी सहयोगि हातहरु प्रजुन्न्न भुपाल सिंह, अमिर कार्की, रुमेस कटुवाल, अन्सि रायन मिया, सुधिर शाह, राजकुमार कार्की, राजेश श्रेष्ठको आर्थिक सहयोगमा चामल ,दाल, नुन, तेल खाद्यान्न सामग्री वितरण गरिएको हो । वडा न ३१ का वडा अध्यक्ष नारायण प्रसाद भण्डारी ,वडा सदस्य रमेश सत्यल को उपस्थितमा अन्दाजी ३०,५००बराबरको राहत सहयोग प्रदान गरिएको हो ।

भोलि को दिनहरूमापनि हामीहरु ले सक्ने सहयोग गर्ने प्रतिप्रद्धता जनाउदैं युवा नेता शाहीले भने कोरोना भाइरस बाट आफु पनि बचौ अरुलाइ पनि बचाउ भिडभाडमा नजाऊ सामाजिक दुरि कायम गरौं । नेपाल सरकार बाट जारि भएको निति निमयलाई पालना गरौँ।

प्रतिक्रिया दिनुहोस