• २०८० असोज ५ गते शुक्रवार

थप ९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २५८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २, काठमाडौँ । आज थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ ,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।

Image may contain: text

प्रतिक्रिया दिनुहोस