• २०८२ जेष्ठ २ गते बिहिवार

बहुमतको सरकारले वीर नेपालीको इतिहास धरापमा पार्यो

रुगम रावल पढ्न लाग्ने समय : २ मिनेट
नेपाली हरुले आफ्नो ज्यान धरापमा पारेर नाङ्गो खुकुरीको भरमा कायम गरेको गोर्खाली इतिहास अब धेरै टिक्ला जस्तो लाग्दैन । नेपाली आमाका वीर सन्तान भिमसेन, बलभद्र, अमर सिंहहरुले पानी नै नखाइ बचाएको हाम्रो इतिहास बहुमतको सरकारले धरापमा पारेको छ।भारतले भर्खरै नेपालको पश्चिमि भु-भाग लिपुलेख , धार्चुल्ला हुँदै चिन सम्मको सडक खन्ने काम सप्पन्न गरेको छ। त्यस्को बिरोधमा देशका प्रत्येक जिल्लामा आन्दोलन जारी छ। एकातर्फ बिश्वनै कोरोना महामारीको चपेटामा परेको बेला छिमेकी मुलुकले गरेको यो व्यबहार निकै दु:खद छ। तरपनी त्यस विषयमा नेपालीहरुको उल्लासमय उपस्थितिमा आन्दोलन गरिनुले प्रष्ट बुझाउछ आम नेपालिमा देश प्रतिको माया कति छ भनेर।
हुन त यो कुनै नौलो बिषय होइन , भारतले पटकपटक नेपालको सिमा मिचिरहेको छ। भारत ले पटक पटक गरि नेपालको करिब ६० हजार ६ सय हेक्टर जमिन आफ्नो कब्जामा पारिसकेको छ।यस बिषयमा नेपाल सरकारले बेलाबेला आवाज उठाउदा पनि कुनै ठोस निर्णय भने गरि सकेको छैन।
सन १९१६ को सुगौली सन्धिले नेपालको पश्चिमि सिमा क्षेत्र महाकाली नदि कायम गरेको तथ्य नै बिद्यमान समस्या समाधानको बाटो हुनसक्छ , जसमा नेपालीको पश्चिमी क्षेत्र कालापानी , लिपुलेख, लिम्पियाधुरा नेपालको भु-भाग हो भनी प्रष्ट उल्लेख गरिएको छ। सन २०१५ , मे मा भारत र चिनका प्रधानमन्त्रीले लिपुलेखबारे बेइजिङमा सहमति गरेपछी नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुबै देशको प्रमुखलाई ध्यानाकर्षण गराउदै गम्भीर असहमति प्रकट गरेका थिए, तर आज ओलि सरकारको पालामा भारत र चिनको त्यही समहतिले लिपुलेख सडक निर्माण सम्पन्न भएको छ । अतः यस विषयमा सरकारले कुनै चासो नदेखाएको कुरा प्रष्ट बुझिएको छ।
सन २०१९ मा भारतले आफ्नो नक्सामा कालापानी , लिपुलेख र लिम्पियाधुरालाइ समेत समेटी आफ्नो नक्सा जारी गरेको थियो। त्यसैले नेपाल सरकारले यस विषयमा ठोस निर्णय गरि यस बिबादबाट देश र लिपुलेखलाइ निकास दिनु पर्छ।। जय नेपाल
लेखक रुगम रावल नेपाल विद्यार्थी संघ बाजुराका नेता हुन । 
प्रतिक्रिया दिनुहोस