बैशाख ३, कैलाली । दार्चुला शैल्यशिखर नगरपालिका(६ तिखाधारमा चट्याङ लागेर एक बालिकाकोे घटना स्थलमै मृत्यु भएको छ । चट्याङले ७ वर्षीया लक्ष्मी खातीको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलबार राति करिब ९ बजे चट्याङ परेको हो । चट्याङ लागेर उनका परिवारका अन्य चार जना घाइते भएका छन् । चट्याङ लागेर घाइत ेहुनेमा बिष्णु खाती, आमा अतिना खाती बहिनी मन्जु खाती र आफन्त सिता खाती घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।