• २०८२ बैशाख १६ गते मङ्गलवार

ट्रकसहित २५ लाख बराबरको अवैध भारतीय खसी पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

चैत २, कपिलवस्तु । ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीको नेतृत्वमा रहेको गस्ती प्रहरी टोलीले लुम्बिनीको मोगलहाबाट लु. १ ख. ९८९५ नम्बरको ट्रक सहित थोक मुल्य भाउ करिब २५ लाख बराबरको अवैध भारती खसी पक्राउ गरेको छ।

पशु क्वारेन्टाइन भन्सार नगरपालिका लगाएको सबै जसो कागज पत्रहरु फर्जी रहेको र पठाउने एलिसा सप्लार्सको नामबाट पाउने काठमाडौंमा सलमान सप्लार्सको नामबाट धेरै पटक पठाउने गरेको गोप्य सुराकीको सहयोगबाट प्रहरीले पक्राउ गरेको हो लुम्बिनी प्रहरीले थप कार्वाहीको लागि मुछुल्का बनाएर भैरहवा भंसार कार्यालय पठाउने तयारी गरेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका निरीक्षक कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस