माया ,माया ,माया , जहा जाउ जो संग बोलौ जसरी बोलौ कुरा माया कै हुन्छ । आमा संग २ दिन बोलिएन भने सान्तानले माया मारे , त्यस्तै बाबा , दाजु भाई ,दिदि बहिनी , साथि भाई अचम्मको माया हेर्नेु त कति सजिलै सबै ठाउमा पुग्छ । साच्ची माया शब्द कसरी बने होला है सम्झिनु त ? तपाई पनि सोच्नु हुन्छ होला है म जस्तै । म सबैलाई माया गर्छु , फेरी मान्छेहरु मलाई भन्छन मायामा पर्यौ क्या हो । सम्झिदा तँ कसम एक्लै भए पनि मुक्कुाउन मन लाग्छ । यति भन्दै गर्दा तपाईलाई लाग्न सक्छ , के कुरा गरेको होला भनेर । अचम्म नमान्नु होला । केही मायाका कुरा गदैेछु । प्रेम दिवस नजिकीदै छ नी । माया लाउन दिवस कुर्दा के हुन्छ त ?
म कथा सुनाउदै छु तपाईहरुलाई परिवार समाज र आफन्त विचकै मायाको । साच्ची भनौ भने प्रेम दिवसको दिनमा शुरु गर्छु भनेर लगाइने मायाको एक जोडि थियो रुमा र रुपेशको, जाउ न त उनीहरु कै प्रेम कहानीमा ।
रुमा र रुपेस एकदमै मिल्ने साथी हुन । सानै देखी एउटै कक्षामा पढ्दै आएका हुन । असाध्यै मिलनसार पनि छन । जब उनीहरु कलेज पढ्ने भए नी रुमाले माया नभएझै गरेर माया गरेपनि रुपेस भने रुमालाई खुलेरै माया गर्न थालेको छ । तर उस्लाई माया गरे पनि कसरी रुमा सम्म यो कुरा पु¥याउने यसै भनौ भने मजाक मा उडाउछे थाहा छ अव म नभनी पनि त बस्न सक्दिन रुपेसको मनमा अनेक प्रश्न आउन थाल्छ । अनि उसले अठोट गर्छ । अरु दिनमा भनेको हासोमका उडा पनि प्रेम दिवसको दिनमा मैले मायाको कुरा खोले भने पक्कै पनि सिरिएस लिनेछ । भन्ने मनमा आसा पालेर प्रेम दिवस कुरीरहेको हुन्छ । तर उनीहरुको दैपिन कलेजको भेट भने भईराको हुन्छ । कीनकी उनीहरु संगै पढीरहेका छन् । माया त माया हो नी है चो एक तर्फी होस् या दुई तर्फी ।
कति खुसी थियो । रुपेश एक तर्फि भएता पनि मायामा कलेज कै बोलचाल कलेज कै भेटघाट कति रमाईला थिए ति दिन हरु । दिनहरु वितेको पतै भएन । कलेज सकिने बेला हुनु । रुपेसले रुमालाई मन पराउनु । आहा क्या गज्जवको कलेज जिवन सम्झिदा पनि एक किसीमको आनन्द महसुस हुने । समय वितेको पत्तै भएन । रुपेस प्रेम दिवस कुर्दै थियो । उता रुमाको भने विहेको कुरा चलिराको थियो । रुपेसलाई त्यो कुरा थाहानै थिएन । थाहा होस पनि कसरि रुमाले उस्लाई क्लास मेट मात्र ठान्थि । उस्लाई पनि त थाहा थिएन नी ? रुपेसले मन मनै मन पराएको कुरा साच्ची तेसै माया भनिएको होईन होला है ? रुमाको विहेको कुरा चल्यो । नेपाल बाहिर बस्ने केटा हाम्रो समाजमा बहिर बस्ने भनेपछि छोरीलाई सुख हुने सपना देख्दै छोरी दिने चलन छ ।
हो त्यस्तै भयो रुमाको जिवनमा पनि । फाल्गुनको प्रेम दिवस कुरेको रुपेसले माघ मै रुमाको विहेको निम्तो पायो । छागाबाट खसेझै भयो । के सोचेको के भयो उस्को मनमा । दिन वित्दै गयो रुमाको विहे भयो । विहे नै हुने भए पछि मनको कुरा भन्नै सकेन भन्न्ो कुरा पनि भएन । रुममाको विहे भयो । सरु सुरुमा सबैको राम्रै सम्वन्ध हुन्छ । रुमा र उस्को श्रीमानको पनि राम्रै थियो कति सम्म त रुपेसले मन बुझाउन सकेन विस्तारै भुल्दै गयो , माया त माया हो नजिक नै नभए पनि लाग्ने के ? उ अब माया भन्दानी जिवनमा कसरि सफल बन्ने भन्ने मात्र सोचि रहन्थियोे । रुमा घर चलाउन अनि रुपेस जिवन बनाउन यस्त भए । को काहाँ छ एक अर्कालाई पत्तै थिएन । रुमा भने बेला बेला माईती आउदा सम्झिन्थि रुपेसलाई किन की बालापन त संगै वितेको थियो । उनीहरुको । राम्रै चलेको थियो रुमाको घर संसार । तर समयको के भर छर मिलेको घर संसार विग्रन पतै लागेन । रुमाको श्रीमान को विदेश मा अर्कि श्रीमती भएका भन्ने हल्ला चल्छ । तर रुमालाई विश्वास लागेको थिएन । विश्वास पनि कसरी लागोस विदेश पुगे पछि भिसा पठाउने र श्रीमान श्रीमती संगै बस्ने सपना जो बुनेकि थिई ।
श्रीमानले पनि माया गरेझै गरथ्यो । हल्ला चलेपनि हल्लको पछि नलाग्न पटक पटक सुझाउथ्यो । रुमा पनि श्रीमानको कुरामा विश्वास गर्दे बसेकी थिई । नभन्दै एक दिन रुमाको श्रीमानको अर्के श्रीमती संगको तस्विर वाहिरियो । अव रुमाको सपना खुसी सबै चकनाचुर भयो । बोलीमा विश्वास गरेको श्रीमानको भरोसा तोडियो । घरकाले जती माया गरे पनि आफ्नो भन्ने नै टाडिय पछि कस्को के लाग्छर । रुमाले माईती बस्ने सोच बनाउदै भाग्यलाई दोस दिदै माईत पुगी । छोरीको संसर उजाडिएको कुन बाबु आमाको मनले स्वीकारर्न सक्छर ? उनीहरुको पनि आखाबाट आसु खासाल्दै भाग्यलाई नै दोषी माने । पश्चाताप मान्दै आपुलाई धिर्काछन । तर याहा भाग्य दोषि कदापी थिएन किनकी केही नबुझी धनको बलमा छोरी अर्कालाई सुम्पिदाको प्रति फल हो । यति भई रहदा रुपेशलाई भने केहि थाहा नै थिएन । उ आफ्नै दैनिकीमा व्यस्त थियो । पढाई सकेर राम्रो जव पनि पाएको थियो । तर रुपेशले विहे भने गरेको थिएन । भनिन्छ एक कान दो कान मैदान एक दिन रुमाको बारेमा रुपेसलाई थाहा भयो । उस्लाई रुमासंग छ्ुटिदा भन्दा उस्को जिवनमा आएको भुईचालेले धेरै पिडा दियो । यस्तै भई रहदा रुपेश रुममाको मोवाईल नम्वर पत्ता लगाई फोन गर्ने कोसीस गरयो । तार धेरै पटक सकेन । तर उस्ले आट गरयो अनि फोन लगायो ।
रुमा फोन उठाउछे पहिले त चिन्दा पनि चिन्दिन
रुमाः हेल्लो को हुनु हुन्छ ? कीन नबोल्नु भएको ( रुपेशको आखाबाट आसु सिवाय शब्द निस्किएन )
रुपेशः के छ खवर सन्चै छौ ?
रुमा : म ठिक छु । तपाई को हुनुहुन्छ ?
रुपेशः म रुपेश चिनेनौ (रुमाको बकोली बन्द भयो ) के भयो किन नबोलेको ( रुमाले साहास बटुल्दै बोल्ने आट गरि र भनी
रुमा : ठिक छ तिम्रो केछ आज कसरी सम्झीयौ मलाई
रुपेश सम्भनलाई तँ विर्षीनु पर्छ होईनर । मैले तिमिलाई विर्षकै छैन ।
रुमाः तिम्रो ठटटा गर्ने वानी अझै गाको छैन है ।
रुपेशः म मान्छे नै त्याही हो त कसरी जावस मेरो बानी
यस्तै कुराहरु भयो उनीहरु विच रुपेश पनि सोध्न सकेर रुमाको पारिवारिक जिवन अनि भन्न सकिन रुमाले पनि आफ्नो पिडा पेरी फोनमा कुरा गर्ने भन्दै फोन राखे । विस्तारै उनीहरुको कुराकानी धेरै हुन थाल्यो । नजिकी दै जान थाले रुपेशले रुमालाई फोन मै भए पनि हसाउने कोसिस गरि रहन्थ्यो । बोल्दै जादा एक दिन भेट्ने कुरा भयो । भेटभयो उनीहरुको रुमाको विहे पछिका सबै कुरा खोल्न थाले । लामो कुरा कानी भयो एक अर्काे विच । दिनहु कुरा हुन थाल्यो । यतिकैमा रुमाको श्रीमकान पनि विदेशबाट आयो विस्तारै माई बसेपनि कानुनी नजरमा कसैको श्रीमती थिइ रुमा । अर्के संसार बसायको श्रीमान संग अलग्गीयर कस्ने अठोट लिई । अनि अदालतमा मुद्धा दर्ता भयो । दुबैको चाहाना बमोजिम सम्वन्ध विच्छेदभयो । अव रुमा नितान्त एक्लै थिइृ । रुपेशको मनमा रुमा प्रतिको प्रेम झन मौलाएको थियो । रुममा पढाईलाई निरन्तर गरेर अगाडि बद्ने कोसीस गर्छे । रुपेशले पनि उस्लाई पढ्न उक्साउछ ।
२ वर्ष पछि
रुमा मास्टर्स सक्काउछे । जवको खोजीमा हुन्छे । रुपेस भने मालिक भैसकेको हुन्छ । रुपेसकै अफीसमा जव पनि मील्छ रुमालाई । झन नजिक हुने समय आयो । भनिन्छ पहिलो माया पहिलो हो । अव त रुपेशले प्रेम दिवस नकुरी रुमालाई प्रेम प्रश्ताप राख्छ । रुमा पनि धेरै नसोची रुपेशलाई साथ दिने निर्णयमा पुग्छे । उनीहरुको कोटमा विहे हुनछ सामान्य तरिकाले जिवन हासी खुसी बिताउछन ।
अन्त्यमा
अझै पनि हामी भ्रममा छौ विदेश जाने धेरै कमाउनेसंग मात्र जिवन सुरक्षित हुन्छ भन्ने त्यसैको परिनाम कयौ छोरीहरु चहाना विपरित विहे गरेर चाहान विपरित नै छुटिन बाध्य भएका छन् । कसैले सोच्दैन कि अन्जानसंग विहे गरेर जाने छोरीको जिवन सुखमाछ या पिडामा वितेको छ । धनको आडमा सन्तान सुम्पिने मान नगरौ सन्तानको खुसीको ख्याल गरौ । सन्तानले पनि परिवारको खुसी भन्दै आफ्नो जिवन बर्वाद नगरौ । परिवारको खुसीलाई ख्याल गर्दे सहि केहो छुट्याउदै जिवनको निर्णय लिउँ । ताकि पछि कथाको पात्र जस्तै पछुताउन नपरोस ।