• २०८० मङ्सिर १२ गते मङ्गलवार

ट्याक्टर दुर्घटना हुँदा बर्दियामा १५ जना घाइते एकजना मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट
  • खबर 24 नेपाल ब्युरो

माघ १, बर्दिया । टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको। दुर्घटनामा १५ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरी रहेका छन् । बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै बुधबार बिहान पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा उनको बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएकोछ । ठाकुरबाबा मन्दिरमा गई ठाकुरबाबा मन्दिरको दर्शन गरी बुधबार विहानै गन्तव्य तर्फ लागेको सो टयाक्टर कर्णाली पुल नजिकै पल्टिएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विहान बाक्लो हुस्सुका कारण सो दुर्घटना भएको बताइएता पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टयाक्टर चालक मिठ्ठु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस