• २०७९ मङ्सिर १७ गते शनिवार

डा.केसीको उपचार खर्च सरकारले व्यहोर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमाडौं । डा. गोबिन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा. केसीको स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचार खर्च सरकारले व्यहोर्ने बताउनु भएको हो ।

प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी गराउनु भएको हो । उहाले ट्वीटरमा लेख्नु भएको छ “कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।”

डा.केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराउनु भएको थियो । शुक्रवार उहाँमा कोरोना पोजेटिभ देखिएसगैं उहाँको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस