असोज २८, काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६७५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ जनाको पीसीआर भएकामा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ ।