• २०८१ माघ २ गते बुधवार

३० वर्ष देखी फरार कर्तव्य ज्यानका प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

असोज २८, बारा । ३० वर्षदेखि फरार कर्तव्य ज्यानका प्रतिवादी पक्राउ परेका छन । २०४४।०५।१२ गते बारा सिम्रौनगढ नगरपालिका वडा नं. ६ कोहलपुर बस्ने जयमंगल प्रसादलाई हत्या गरे फरार रहेका श्याम किशोर प्रसाद कुसवाहलाई २ नं प्रदेश प्रहरीले पक्राउ गरेको हो ।

बारा साविक अतृगज गा.वि.स. वडा नं. ७ हाल सिम्रोनगढ न.पा. वडा नं. ७ बस्ने रामअशिष प्रसाद कुशवाहाको छोरा श्यामकिशोर प्रसाद कुशवाहा समेत भएको कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतले १० वर्ष कैद सजाय फैसला सुनाएको थियो । ३० वर्ष देखि फरार रहेका कुशवाहालाई भारतमा लुकिछिपी बसेको विशेष सुचनाको आधारमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराको संयुक्त प्रहरी टोलीले नेपाल भारत सिमा क्षेत्र सिम्रोनगढ न.पा. वडा नं. २ बाट पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस