• २०८२ बैशाख २९ गते सोमवार

विश्वकप छनोटमा ब्राजिलको शानदार जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २८, एजेन्सी । विश्वकप छनोटमा ब्राजिलले पेरुमाथि ४–२ को जित निकालेको छ । बुधबार बिहान भएको खेलमा नेयमार प्रेरित ब्राजिलले पेरुविरुद्ध शानदार जित आत्मसाथ गरेको हो ।

yखेलमा अग्रता पेरुले छैटौं मिनेटमा आन्द्रे कारिलोको गोलबाट लिएको थियो । २८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए । ५९ औं मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई २–१ ले अघि बढाए । त्यसको ५ मिनेटपछि रिचार्डलिसनले ब्राजिलका लागि बराबरी गोल फर्काएका थिए ।
बराबरीतर्फ उन्मुख खेलको ८३ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको जितको आधार तयार गरेका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ कार्लोस जान्ब्रानो रातो कोर्ड खादै मैदान बाहिरिएपछि पेरु १० खेलाडीमा सिमिति बनेको थियो । दोस्रो हाफको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पुरा गर्दै ब्राजिललाई शानदार जित दिलाए ।

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार दोस्रो खेलमा जित निकालेको छ । ब्राजिलले समूह चरणमा २ खेलबाट ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस