भदौ २९, काठमाडौँ । ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको मृत्यु भएको जनाइएको छ ।
ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४३ लाखभन्दा बढी पुगेका छन् ।सोमबारसम्मको तथ्यांकअनुसार कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४३ लाख ३० हजार ४६४ जना पुगेको बताइएको हो । त्यस्तै ३५ लाखभन्दा बढी नागरिक निको भएर घर फर्र्किएका छन् ।