भाद्र २९ , काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका कागजका त्यस्ता खाली पाना जस्तै रहेको बताउँदै खाली पानामा जे लेख्यो त्यही पहिलो अक्षर बन्ने भएकाले अविभावक तथा राज्यले सोही अनुसारको व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उल्लेख गर्दै बालबालिका सेतो कपडा जस्तै भएकाले तिनमा जस्तो रंग लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न पुग्ने भएकाले बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित हुनुपर्ने बताउनुभयो ।