भदौ २९, काठमाडौँ । विश्वभर एकै दिन २ लाख २० हजार ६४० मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १० लाख २५ हजार २८३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।
महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ९१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ ।