भदौ २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक हेलम्बुकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । हेलम्बु गाउँपालिकाको पहलमा मरेको बच्चा जन्माएकी हेलम्बु-१ की पेमा लामालाई हेलिकप्टरमार्फत् उद्धार गरी थप उपचारका लागी काठमाण्डौ पठाइएको हो ।
हेलम्बु-७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो सुत्केरी भएकी उनको अत्याधिक रक्तश्राव भएपछि हिजो बेलुका मनाङ एयरको हेलिकप्टरमार्फत् काठमाण्डौ पठाएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।