• २०८२ जेष्ठ १ गते बुधवार

रुकुम पश्चिममा नेकपाका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्न लहर

मनोज डाँगी पढ्न लाग्ने समय : २ मिनेट

भाद्र २९ , रुकुम पश्चिम् । पछिल्लो सयम रुकुम पश्चिममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्न लहर चलेको छ । काँग्रेस १४ औं महाधिबेशनलाई लक्षित गरेर अहिले गाउँ गाउँमा क्रियाशिल सदस्यता बितरण, नविकरण, कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमहरु गर्दै आएको छ । आइतबार ४१ जना सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाका तीन वटा स्थानीय तहबाट नेकपा परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए ।

जिल्लाको चौरजहारी नगरपालिकामा २७ जना, बाँफिकोट गाउँपालिकामा ८ जना र आठविसकोट नगरपालिकामा ६ जना नेकपाका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए । चौरजहारी नगरपालिका–८ मा भएका कार्यक्रममा नेकपाका स्थानीय नेता ससिराम केसी, धर्मराज खत्री, समिक्षा केसी, पूर्णबहादुर खत्रीलगायत २७ जनालाई जिल्ला सभापति ओलीले कांग्रेसमा प्रवेश गराएका थिए ।यस्तै बाँफिकोट गाउँपालिका–४ मा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव हर्कसिंह खत्री, महाधिवेशन प्रतिनिनिध जनकुमार बाँठाले नेकपाका ८ जना कार्यकर्तालाई कांग्रेसमा भित्र्याएका थिए ।

No description available.
उता आठविसकोट नगरपालिका–४ गोतमकोटमा भएको कार्यक्रममा नेकपाका स्थानीय नेता रामबहादुर परियारको नेतृत्वमा ६ जना युवाहरुलाई जिल्ला उपसभापति धिरेन्द्र बटालाले कांग्रेसमा प्रवेश गराएको नगर सभापति कमल शाहले जानकारी दिए ।तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले आफूहरु नेकपा छाडेर लोकतान्त्रिक पार्टी कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाइ छ । सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरु अहिले भ्रष्टचारमा लिप्त भएर पैसा कमाउन लागेकाले नेकपामा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने नवप्रवेशीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस