• २०८१ जेष्ठ ३१ गते बिहिवार

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३० , एजेन्सी । ब्राजिलमा कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ६० हजार ९१ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख नाघेको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ यो महामारीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ५ हजारभन्दा बढी देखिएको छ ।

अधिकारीहरुले पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसबाट १ हजार २६२ जनाको मृत्यु भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस