श्रावण ३०, एजेन्सी । नोवेल कोरोना कोभिड १९ भाइरसका कारणबाट संक्रमित हुनेको संख्या २ करोड १० लाख ७२ हजार १२५ जनामा संक्रमित भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ७ लाख ५७ हजार ४५१ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या १ करोड ३९ लाख २४ हजार ३२८ जना पुगेको छ ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ५४ लाख १५ हजार ६६६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।
अहिलेसम्म ब्राजिलमा ३२ लाख २९ हजार ६२१ जना, भारतमा २४ लाख ६१ हजार ५४२ जना, रसियामा ९ लाख ७ हजार ७५८ जना र दक्षिण अफ्रिकामा ५ लाख ७२ हजार ८६५ जनामा संक्रमण देखिएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ७० हजार ४१५ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ५ हजार ५६४ जना, मेक्सिकोमा ५५ हजार २९३, भारतमा ४८ हजार १५३ जना र बेलायतमा ४१ हजार ३४७ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा २८ लाख ४३ हजार २०४ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा २३ लाख ५६ हजार ६४० जना, भारतमा १७ लाख ५१ हजार ८४६, रसियामा ७ लाख १६ हजार ३९६ र दक्षिण अफ्रिकामा ४ लाख ३७ हजार ६१७ जना उपचारपछि घर फर्किएका छन् ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।