साउन ३०,काठमाडौँ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।एक जना स्रोतका अनुसार खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । हामी उहाँलाई खबर गर्छौँ ।
उहाँ कहाँ कसरी बसिरहनुभएको छ, हाम्रो टिमले बुझ्छ, ‘होम आइसोलेसनमा बस्ने हो भने त्यहीँ बस्न सल्लाह दिन्छौँ । लक्षण छ हस्पिटल लैजानुपर्ने भयो भने हस्पिटल लैजान सल्लाह दिने जनाएको छ ।