• २०८१ पुष २९ गते सोमवार

शिक्षण अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०,काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

हाल इमर्जेन्सी विभाग सिल गरिएको छ ।इमरजेन्सी विभागका एक सयभन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस