• २०८१ माघ ८ गते मङ्गलवार

पाकिस्तानको अदालतभित्रै गोली हानी हत्या गरेको घटनाप्रति अमेरिकाद्वारा निन्दा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ३०,एजेन्सी । पाकिस्तानको अदालतमा एक अमेरिकी नागरिकको हत्यालाई लज्जाजनक त्रास भएको उल्लेख गर्दै अमेरिकी विदेश मन्त्रालयले इस्लामावादलाई तुरुन्तै कारबाही गर्न र भविष्यमा पनि त्यस्तै घटना हुन नदिन सुधार लागि आह्वान गरेको छ । अल्पसंख्यक अहमदी समुदायका ताहिर अहमद नसीमलाई बुधवार पेशावरको अदालतमा गोली हानी हत्या गरिएको थियो । उनलाई ‘ईश्वर निन्दा’को अभियोग लगाइएको थियो ।

 

 

“पाकिस्तानी अदालतमा मारिएका एक अमेरिकी नागरिक ताहिर नसीमको परिवारप्रति सहानुभूति । हामी पाकिस्तानलाई यस्तो अपमानजनक दुर्घटनालाई रोक्नको लागि तत्काल कारबाही गर्न र सुधार गर्न आग्रह गर्दछौं,” अमेरिकी विदे विभागका दक्षिण र मध्य एशियाली मामिला ब्यूरोले ट्वीट गर्दै भने । कडा सुरक्षाकाबीच अदालतमा प्रवेश गर्न सफल भएका खालिद खानका रूपमा पहिचान गरिएको युवालाई पछि पक्राउ गरियो । नसीमलाई ईश्वरनिन्दाको आरोपमा दुई वर्ष अघि पक्राउ गरिएको थियो ।

पाकिस्तानमा लाखौं अल्पसंख्यक समूह, अहमदीले दशकौंसम्म मृत्यु, धम्की र निरन्तर घृणा अभियोजनको सामना गरिरहेका छन् । पाकिस्तानको विवादास्पद ‘ईश्वर निन्दा’ कानूनले परमेश्वर, इस्लाम वा अन्य धार्मिक व्यक्तित्वहरूको अपमान गरेको आरोपमा कसैलाई स्वचालित मृत्युदण्ड सुनाउने प्रवाधान रहेको छ ।

पाकिस्तानमा अल्पसंख्यक समुदायका धेरै सदस्यहरू – अहमदी, हिन्दू, इसाई र सिखलाई घोर ‘ईश्वर निन्दा’ गरेको आरोप लगाउँदै कानुन उल्लंघन गरेको अभियोग लगाइएको छ । उनीहरूमध्ये धेरैजना कुरानलाई अनादर गरेको झूटा आरोपमा जेलमा जीवन बितारहेका छन् ।

प्रतिक्रिया दिनुहोस