साउन ३०, बाँके । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ शान्ति चोक निवासी ३२ वर्षीय राकेशकुमार लोनिया र २८ छविलाल लोनिया रहेका छन् ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काका अनुसार उनीहरूलाई गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो शान्ति चोकबाट पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट दुई ग्राम एकसय मिलिग्राम ब्राउन सुगर बरामद भएको र दुबै जना विरुद्ध लागु औषध मुद्दा दायर गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।