• २०८१ माघ ८ गते मङ्गलवार

हेलिकप्टरद्वारा सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३० , काठमाडौँ, । नेपाली सेनाको हेलिकोप्टरमार्फत सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् ।

सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । उक्त घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ ।

टोलीबाट हुने प्रारिम्भक ब्रिफिङका आधारमा थप मद्दत टोली पनि पठाइने बताइएको छ । जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार आज बिहान गएको पहिरोले लिदी गाउँका २२ घर पुरिएको, केही थप घरहरु जोखिममा रहेको र पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएको छ ।

प्रतिक्रिया दिनुहोस